लगानी सम्मेलनमा ७७ आयोजना शोकेस हुने, अर्थमन्त्रीले भने- करको समस्या छैन « Eglish Khabarhub

लगानी सम्मेलनमा ७७ आयोजना शोकेस हुने, अर्थमन्त्रीले भने- करको समस्या छैन



काठमाडौं । सरकारले चैत १५ र १६ गते सरकारले आयोजना गर्ने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा ७७ वटा परियोजनालाई अघि सारिएको छ ।

सम्मेलनमा सरकारकोतर्फबाट ५० र निजी क्षेत्रका तर्फबाट २७ वटा आयोजना समावेश गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको लगानी बोर्डले जानकारी दिएको छ ।

लगानी सम्मेलनका बारेमा जानकारी गराउन अर्थ मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले लगानीकर्तालाई लगानीको सहज बाताबरण बनाउन ऐन, नियमावली, कार्यविधि निर्माण भइरहेको बताए ।

नेपालमा लगानी गर्ने लगानीकर्ताहरुले यहाँको कर प्रणाली कस्तो छ भनेर हेर्ने भन्दै उनले नेपालको कर प्रणाली वैज्ञानिक रहेको बताए । मन्त्री खतिवडाले करमा कुनै पनि समस्या नरहेको बताए ।

उनले सम्मेलनमा १ दर्जन भन्दा बढी आयोजनामा सम्झौता गर्ने तयारी रहेको बताए ।

काठमाडौं । नेपाल उद्योगा वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अहिले स्थायी सरकार भएकोले यो सरकारको पालामा धेरै लगानी भित्रने र त्यसको लागि लगानी सम्मेलन सहयोग गर्ने बताइन ।

नेपालमा अहिले लगानीको बाताबरण भएको भन्दै उनले अहिलेको सरकार पनि लगानी मैत्री भएको बताइन् । सरकारले स्वदेशी लगानीकर्ताहरुलाई प्राथमिकतामा राख्नुपर्ने उनको तर्क छ । सम्मेलनले धेरै लगानीकर्तालाई आकषर्ण गर्न सनिे भन्दै यो सम्मेलनलााई उत्साहपूर्ण होला भन्न ठानेको उनको भनाईछ ।

चेम्बर अफ कमर्शका अध्यक्ष रानेशकाजी श्रेष्ठले ऐन कानूनको सुधार भएको छ । ६०० जना भन्दा बढी आउनु भनेको राम्रो नेपालमा रहेको सबै दुतावासहरुले निकै चासोका साथ हेरेको बताए । उद्योग परिसंघका अध्यक्ष हरीभक्त शर्मा विश्वमा लगानी गरेर धेरै नाफा कमाउने मुलुक नेपाल हो । सरकारको नीतिले यसलाई अझै सहयोग गरेको छ ।

सरकार अहिले लगानीमैत्री भएको भन्दै शर्माले बताए । नेपालमा भएका कानून केही हतारमा आएको र केही लामो छलफलपछि आएको बताए । जति आएपनि सबै प्रभावकारी रहेको बताए । नेपालमा साढे तीन, चार अर्बको आयोजना भएकोले यस्ता आयोजना विदेशीका लागि पनि चासोका आयोजना भएको उनको भनाई छ ।

यो सम्मेलनले नेपाल भविश्यमा लगानीको लागि राम्रो गन्तव्य रहेको सन्देश जान्छ । उनीहरुले गएको भोलीपल्ट पैसा पठाउने हैन । उनीहरुले पनि अध्ययन गरेर लगानीगर्ने भएकोले दिर्घकालीन विकासको लागि निकै सहयोग पुग्ने बताए ।

Publish on: