विप्लव माओवादीलाई अर्थमन्त्रीको आग्रह- बन्द छाड्नुस्, विदेशी पाहुनालाई हाँसेर स्वागत गरौं « Eglish Khabarhub

विप्लव माओवादीलाई अर्थमन्त्रीको आग्रह- बन्द छाड्नुस्, विदेशी पाहुनालाई हाँसेर स्वागत गरौं



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विप्लव माओवादीलाई लगानी सम्मेलनमा आउने विदेशी पाहुनालाई हाँसेर स्वागत गर्न आग्रह गरेका छन् । बन्द हड्तालका कार्यक्रम छाडेर विदेशी लगानीकर्ताहरुलाई नेपालीहरु हँसिला खुसीला छन् भन्ने सन्देश दिन उनले आग्रह गरे ।

सरकारले यही चैत १५ र १६ गते काठमाडौंमा लगानी सम्मेलन गर्दैछ । सरकारको लगानी सम्मेलनलाई प्रभावित गर्नेगरी बिप्लव नेतृत्वको माओवादीले चैत १६ गते नेपाल बन्द गर्ने घोषणा गरेको छ । यतिखेर बिप्लवको बन्दले सम्मेलनमा असर पर्छ कि भन्ने आंकलन गरिएको छ ।

लगानी सम्मेलनबारे जानकारी दिने उद्देश्यले बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भने सुरक्षा व्यवस्था निकै चुस्तचुरुस्त पारिएको बताए ।

‘नेपालमा रोजगारी भएन भने हामी, हाम्रा सन्तान रोजगारीका लागि विदेश जाने बाताबरण नबनोस्,’ विप्लवलाई इंगित गर्दै खतिवडाले भने– ‘हाम्रा पाउनालाई स्वागत गरौं, नेपाली हसिँला, खुसिला छन् भन्ने प्रमाणीत गरौं ।’

उनले सुरक्षाकर्मी तथा विमानस्थलका सबै कर्मचारीलाई सुरक्षाको व्यवस्था मिलाँउदै राम्रोसँग पाहुनालाई स्वागत गर्न निर्देशनसमेत दिए ।

Publish on: