काठमाडौं । सरकारले यही चैत १५ र १६ गते लगानी सम्मेलनको आयोजना गरेको छ । सम्मेलनमा सरकारका ५० र निजी क्षेत्रका २७ गरी ७७ आयोजना शोकेस हुँदैछन् ।
सम्मेलनमा निजी क्षेक्रले यसअघि अध्ययन गरेका र अगाडि बढाएका आयोजना समेत प्रस्तुत गरिनेछ ।
सरकारसँगै निजी क्षेत्रले पनि वैदेशिक लगानी भित्र्याउने अभियान नै सञ्चालन गरेका छन् । सम्मेलनमा प्रस्तुत हुन लागेका निजी क्षेत्रका केही जलविद्युत् आयोजना निम्न अनुसार रहेका छन् ।
-त्रिशूली-गल्छी जलविद्युत् परियोजना ७५ मेगावाट (५ करोड ३० लाख डलर)
-मध्य कालिगण्डकी जलविद्युत् परियोजना ५३.६मेगावाट (९ करोड ६० लाख डलर)
-इन्गवा खोला जलविद्युत् परियोजना १८ मेगावाट (३ करोड डलर)
-माथिल्लो चमेलिया ४० मेगावाट (७ करोड डलर)
-म्याग्दी खोला जलविद्युत् परियोजना ५७.३ मेगावाट– (१० करोड डलर)
-तल्लो वरुणखोला जलविद्युत् परियोजना १३२ मेगावाट (२५ करोड डलर)
-कालिगण्डकी गर्ज जलविद्युत् परियोजना १६४ मेगावाट (२६ करोड ९० लाख डलर)
-माथिल्लो बलेफी जलविद्युत् परियोजना ४६ मेगावाट (७ करोड २५ लाख डलर)
-माथिल्लो बलेफी जलविद्युत् परियोजना ‘ए’ ३६ मेगावाट (५ करोड ५५ लाख डलर)
-नाम्लान खोला जलविद्युत् परियोजना २६० मेगावाट (३५ करोड डलर)
-तारप खोला जलविद्युत् परियोजना ५० मेगावाट (७ करोड ७० लाख)
SHARE YOUR THOUGHTS