मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल आइएमइ बैंकको ऋणपत्रमा १ अर्ब ९६ करोडको आवेदन


काठमाडौं । ग्लोबल आईएमई बैंकले निष्कासन गरेको ऋणपत्रमा १ अर्ब ९६ करोड रुपैयाँको आवेदन परेको निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको थियो ।

बिहीबार कार्यालय समयसम्ममा बैंकले निष्काशन गरेकोभन्दा ४६ करोड रुपैयाँले बढीको आवेदन परेको हो । बिहीबार नै बैंकले निष्काशन गरेको ऋणपत्रको अन्तिम दिन हो ।

लगानी विस्तारका लागि पुँजी जुटाउन बैंङ्कले १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो ।

बैंकले ५ वर्षका लागि वार्षिक १०.२५ प्रतिशत ब्याज दिने गरी १ हजार रुपैयाँ अंकित दरको १५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।