२८ मंसिर २०८२, शनिबार

टेलिकमका कर्मचारीलाई ७ दिनभित्र उपस्थित हुन अख्तियारको सूचना, को हुन् ती कर्मचारी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न १८ जना कर्मचारीलाई ७ दिन भित्र आयोगकोे कार्यालयमा उपसिथत हुन सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

नेपाद दूरसञ्चार तालिम केन्द्र बबरमहलमा तालिममा सहभागी हुन आउँदा जाँदा प्रयोग गरेको हवाई टिकटका सम्बन्धमा केही बुझ्नु पर्ने भएकाले पटक पटक आग्रह गर्दा समेत उपस्थित नभएपछि सार्वजनिक सूचना प्रकाशित गरिएको आयोगले जनाएको छ ।

७ दिन भित्र सम्पर्कमा नआएको खण्डमा कानून बमोजिम हुने आयोगले जनाएको छ ।

यसरी सूचना प्रकाशित गरी आयोगमा उपस्थित हुन भनिएका कर्मचारीमा वासुदेव खतिवडा, गोपालप्रसाद आचार्य, जनककुमार अमात्य, केशवप्रसाद दाहाल, विनोदकुमार अधिकारी, कुण्डन पौडेल, लिलाधर भट्ट, प्रजयसिंह सिलवाल, राजेन्द्रकुमार कर्ण, सम्पूर्ण भट्टचन, सुकइप्रसाद धोबी, लालाबहादुर रावल, ज्ञानेन्द्र तिमिल्सिना, प्रकाश गुप्ता, दिनेश थापा, घनश्याम पाठक, सूर्यनारायण चौधरी र लभकुमार दत्त रहेका छन् ।

पटक पटक सम्पर्क गर्दा समेत अटेर गरेका कारण उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४३ अनुसार उपस्थितीका लागि सूचना प्रकाशित गरिएको छ ।