काठमाडौं । ऊर्जामन्त्री जनार्दन शर्माले ऊर्जा मन्त्रालयमार्फत युवामा देखिएको निराशालाई आशामा बदल्ने प्रयास थालनी गरिएको बताएका छन् ।
अनेरास्ववियु (क्रान्तिकारी)ले त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको ‘स्ववियु निर्वाचन र अखिल (क्रान्तिकारी)’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उज्यालो नेपाल अभियानले देशभरका युवामा केही गर्न सकिन्छ, भन्ने सकारात्मक सन्देश दिएको स्मरण गराउँदै सो अभियान केवल बत्ती बाल्ने कुरा मात्र नभएर राष्ट्र निर्माणको महाअभियान भएको जिकिर गरे ।
अर्को प्रसङ्गमा उनले लामो समयपछि हुन लागेको स्ववियु चुनावलाई स्वस्थ र मर्यादित बनाएर उच्च राजनीतिक संस्कार प्रदर्शन गर्न युवा विद्यार्थीलाई आह्वान गरेका थिए । रासस
SHARE YOUR THOUGHTS