१ पुस २०८२, मंगलबार

सिनामंगलको लेकाली किचनमा च्याङ्ग्राको सुकुटी र मुस्ताङको आलुका परिकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली परम्परागत खानाको पारखीहरूलाई लक्षित गर्दै उपत्यकामै नयाँ रेष्टुरेन्ट सञ्चालनमा आएको छ।

काठमाडौंका सिनामंगलमा रहेको लेकाली किचन एण्ड कटिया हाउस नामक रेष्टुरेन्ट सञ्चालनमा आएको हो। यो रेष्टुरेन्टमा विशेष गरि, नेपाली खाना, लोकल खसी र कुखुराको मासु, च्याङ्ग्राको सुकुटी, कालिजको मासुको परिकार, दाङ र बर्दियाका कुखुराको मासुका परिकार, कोदो, मकै र फापरको ढिँडो, मार्सी चामलको भात, मुस्ताङको आलुका परिकारलगायत नेपाली खानाहरूको परम्परागत स्वादलिन सकिने रेष्टुरेन्टका सञ्चालक मधुसुदन ढकालले जानकारी दिए।

उक्त रेष्टुरेन्टमा खानाका साथै नेपाली परम्परा झल्काउने स्पेशल इफेक्टसहितका आर्टहरु राखिएका छन्। पछिल्लो समय काठमाडौंलगायत प्रमुख शहरमा करोडौं लगानीमा रेष्टुरेन्ट खुले पनि नेपाली खानाको परम्परागत स्वाद लिन सकिने रेष्टुरेन्ट नगन्य मात्रा रहेका कारण आफूले यस्तो खालको रेष्टुरेन्ट सञ्चालन गरको ढकालको भनाइ छ।