मोबाइल बैकिङ चलाउन इन्टरनेट नचाइने, वाणिज्य बैंक र एनटिसी मिलेर १ अर्ब लगानीमा कम्पनी खोल्ने « Eglish Khabarhub

मोबाइल बैकिङ चलाउन इन्टरनेट नचाइने, वाणिज्य बैंक र एनटिसी मिलेर १ अर्ब लगानीमा कम्पनी खोल्ने



काठमाडौं । अबदेखि मोबाइल बैकिङ चलाउनको लागि इन्टरनेट र एप्स नचाइने भएको छ ।

सरकारी लगानीको राष्ट्रिय वाणिज्य र नेपाल टेलिकमको संयुक्त लगानीमा भूक्तानी सेवा प्रदायक कम्पनी बनाउने भएका छन् ।

सम्झौतापत्रमा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र दूरसंचार कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरे । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा सो हस्ताक्षर भएको थियो ।

यस सम्झौता पश्चात संयुक्त लगानीमा संस्थापित भूक्तानी सेवा प्रदायक पब्लिक कम्पनीले नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भएपश्चात भुक्तानी सेवा प्रदायकको सेवा सञ्चालन गर्दा नेपाल दूरसंचार कम्पनी लिमिटेड तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडसँग प्राथमिकताका आधारमा समझदारी गरी डिजिटल बैंकिङ्ग सेवा उपलब्ध गराउने छ ।

अहिले मोबाइल बैकिङ पेमेन्ट प्रणालीको लागि एप्स र इन्टरनेट हुनुपर्छ । वाणिज्य बैंक र टेलिकमले बनाउन लागेको सिस्टममा इन्टरनेट चाहिदैन । सिमबाटै भुक्तानी गर्न सकिने व्यवस्था ल्याउने गरेर दुवै कम्पनी लागेका हुन् ।

Publish on: