१ पुस २०८२, मंगलबार

बीमा कम्पनीलाई अर्थमन्त्री खतिवडाको सुझाबः संख्या धेरै भयो, मर्जरमा जानुस्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा कम्पनीको संख्या धेरै भएकाे बताउँदै लगानीकर्ताहरुलाई मर्जरमा जान सुझाब दिएका छन् ।

‘संख्यामा होइन, गुणस्तरमा ध्यान दिनुपर्यो, संख्या धेरै हुँदा केही पनि हुँदैन भन्ने बैंकिङ क्षेत्रबाट देखियो,’ बीमा समितिको ५१औं वार्षिकउत्सबका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले भने, ‘अहिले बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा गएर सुदृढ र सबल भएका छन्, बीमामा पनि संख्या बढी भयो । मर्जरमा गएर सुदृढ र सबल बन्नु आवश्यक छ ।’

संख्या धेरै भएका कारण बीमा क्षेत्रमा मर्जरको कुरा आएको उनको भनाई थियो । ‘बीमा क्षेत्रले पनि संख्यामा होइन, गुणात्मक क्षमताको विकास गर्न प्रतिस्पर्धा गर्नुपर्यो,’ खतिवडाले भने ।

‘बैंक र बीमा कम्पनीले प्याकेजिङ बढी गरे, हाम्रो आँखा चारैतिर घुमेका छन्, आ गामी दिनमा प्याकेजिँ गर्ने काम बन्द गर्नुहोस्,’ खतिवडाले निर्देशन दिए, ‘तिमी मेरो ढाड कन्याउ, म तिम्रो ढाड कन्याउँछु भन्दा पछि चुनौति बढ्छ, अहिले नै ध्यान दिनू ।’

दुई वर्षअघि मात्रै बीमा समितिले नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो । लाइसेन्स दिएका कम्पनी तङ्ग्रिन नपाउँदै बीमा कम्पनीलाई मर्जरमा लान लागिएको हो ।

पछिल्लो समय बीमा समितिका अध्यक्ष चापागाईंले पनि बीमा कम्पनीहरुलाई मर्जरमा लैजाने अभिव्यक्ति दिँदै आएका छन् । उनै चापागाईंले नयाँ कम्पनीलाई लाइसेन्स दिएका थिए । जीबन बीमा कम्पनी १९, निर्जीबन बीमा कम्पनी १९ र १ वटा पुनर्बीमा कम्पनी गरी ३९ वटा बीमा कम्पनी सञ्चालनमा छन् ।

बीमाको क्षेत्र फराकिलो हुँदै गएकाले बीमा समितिलाई चनाखो हुन अर्थमन्त्रीले निर्देशन दिए ।

त्यस्तै, अरुको सुरक्षा गर्ने बीमा कम्पनीहरु आफैं सुरक्षित हुनुपर्ने उनको भनाई छ ।

‘अरुको सुरक्षा गर्दा आफू कति सुरक्षित छु भनेर हेर्नुपर्छ, बीमा कम्पनीको प्रणालीगत र संस्थागत जोखिम न्यूनिकरणमा बीमा समितिले ध्यान दिनुपर्छ,’ उनले भने ।

बीमा समितिका अध्यक्ष चापागाईंलाई अर्थमन्त्री खतिवडाले भने- ‘यो माग राख्ने ठाउँ होइन, माग नै राख्ने हो भने मन्त्रालयमा आउनोस् ।’

बैंक र बीमा कम्पनीले प्याकेजिङ गरेको भन्दै खतिवडाले त्यसो नगर्न कडा चेतावनी दिए । बैंकासुरेन्सलाई संकेत गर्दै खतिवडाले यसो भनेको हुनसक्ने कार्यक्रममा उपस्थित बीमा क्षेत्रका जानकारहरु बताउँछन् ।

‘बैंक र बीमा कम्पनीले प्याकेजिङ बढी गरे, हाम्रो आँखा चारैतिर घुमेका छन्, आ गामी दिनमा प्याकेजिँ गर्ने काम बन्द गर्नुहोस्,’ खतिवडाले निर्देशन दिए, ‘तिमी मेरो ढाड कन्याउ, म तिम्रो ढाड कन्याउँछु भन्दा पछि चुनौति बढ्छ, अहिले नै ध्यान दिनू ।’

पछिल्लो समय बीमा क्षेत्रको प्रगति सन्तोषजनक रहेको भन्दै अर्थमन्त्री खतिवडाले खुसी व्यक्त गरे ।

‘लघुबीमा ५ प्रतिशत पुगेको छ, यो हाम्रा लागि खुसीको कुरा हो,’ उनले भने, ‘पहिले पहिले बैंकको जस्तै अहिले बीमाको प्रगति पनि उत्साहजनक छ ।’

बीमा क्षेत्रमा बचत बढेको र त्यो राम्रो भएको उनको भनाई छ ।

‘बीमा क्षेत्रमा बचत बढेको छ, त्यो राम्रो हो,’ उनले भने, ‘बचत भएको रकमलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ ।’

कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईले आगामी बजेटमा बीमा क्षेत्रका लागि अर्थमन्त्रीसमक्ष विभिन्न माग राखेका थिए ।

तर, अर्थमन्त्री खतिवडाले यो माग राख्ने ठाउँ नभएको भन्दै अध्यक्ष चापागाईंले राखेका मागको कुनै सम्बोधन गरेनन् । ‘यो माग राख्ने ठाउँ होइन, माग नै राख्ने हो भने मन्त्रालयमा आउनोस्,’ अर्थमन्त्रीले भने ।