काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
नेप्से मापन गर्ने सूचक ११.९३ अंकले घटेर १३०२.६१ बिन्दुमा रोकिएको छ ।
आइतबार ठूला कम्पनीको मापन गर्ने सूचक २.८२ अंकले घटेर २७७.५६ बिन्दुमा कायम भएको छ । १६५ कम्पनीको २० लाख ५४ हजार २८६ कित्ता सेयर ६२ करोड ६२ लाख १ हजार ६६६ कित्ता सेयर किनबेच भएको छ ।
११ कम्पनीको कारोबारमा ११ वटै समूहको उपसूचकमा गिरावट देखिएको छ । बैंकिङ ९.६, होटल ३२,३६, डेभलपमेन्ट बैंक १४.६५, जलविद्युत ३०.७१, निर्जीबन बीमा कम्पनी ३५.०८, अन्य ११.७१, जीवन बीमा समूहको उपसूचक ३८.०१ अंकले घटेको छ ।
आइतबार कारोबार रकमको आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । नेपाल बैंकको ४ करोड ८५ लाख ६२ हजार ५६८ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट र अप्पर तामाकोशी हाईड्रोपावर रहेका छन् ।
यो दिनको कारोबारमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, यूनाइटेड इन्स्योरेन्स, उर्जा विकास कम्पनीका लगानीकर्ताहरुले कमाएका छन भने जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, हिमालयन डिस्ट्रिलरी, राधि विद्युत कम्पनी, अरुण कावेली पावर, मल्टिप्रपोज फाइनान्स लगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


प्रतिक्रिया