काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले उद्योगीले लामो समयदेखि उठाउदै आएको माग यो पटक बजेटमा सम्बोधन गर्ने भएका छन् ।
उद्योगीहरुले नेपालमा उद्योगले उत्पादन गर्दा चाहिने कच्चा पदार्थ र त्यसको तयारी वस्तुको भन्सार दरमा फरक खोजेका थिए ।
यो पटकको बजेटमा पनि निजी क्षेत्रका तीनवटा संगठनले सयुक्त रुपमा बुझाएको सुझावमा समेत यो कुरा उल्लेख थियो ।
सम्भव भएका वस्तुहरुलाई तोकेर नै तयारी वस्तुको तुलनामा कच्चा पदार्थमा लाग्ने भन्सारमा छुट दिने तयारी गरिएको अर्थमन्त्रालयले स्रोतले जानकारी दियो । कम्तीमा २० वटा वस्तुबाट भएपनि यो पटक तयारी वस्तु र कच्चा पदार्थको भन्सार शुल्कमा उद्योगीले मागे अनुसारको सुविधा मनस्थितीमा मन्त्रालय रहेको छ ।
विदेशबाट आउने तयारी वस्तुको भन्सार सस्तो हुँदा यहा उत्पादन गर्ने वस्तुले प्रतिस्पर्धा गर्न सकेका थिएनन् । कच्चा पदार्थ र तयारी वस्तुको भन्सारमा खासै ठूलो फरक नपार्दा स्वदेशी उद्योगलाई समस्या पर्ने गरेको थियो ।
कतिपय वस्तुमा भने व्यवहारिक रुपमा नै कठिनाई देखिएको अर्थमन्त्रालयले जनाएको छ ।
‘बिष्कुटका लागि चाहिने कच्चा पदार्थ चिनी हो,चिनी यहीपनि उत्पादन भएको हुँदा चिनीमा सो खालको भन्सार छुट दिन सकिदैन,’अर्थमन्त्रालयले स्रोतले भन्यो । तर,बिष्कुटमा प्रयोग हुने अन्य खाले वस्तुमा तयारी बिष्कुटभन्दा भन्सार कम लाग्ने व्यवस्था गराउने हो ।
अर्थमन्त्री खतिवडा स्वदेशी उद्योगको विकासको लागि तयारी वस्तुभन्दा त्यसमा चाहिने कच्चा पदार्थको आयातमा लाग्ने भन्सार शुल्क घटाउनको लागि सकारात्मक छन् ।
निजी क्षेत्रले बुझाएको सुझावमा उद्योग हरुलाई प्याकेजिङ मेटेरियलहरुको आयातमा दिएको छुटलाई त्यस्ता प्याकेजिङ मेटेरियलहरु स्वदेशमा नै उत्पादन गर्ने उद्योगहरुलाई आवश्यक परिणामको कच्चा पदार्थ आयात मा सोही बराबरको छुट प्रदान गर्नु पर्ने माग राखेको थियो । त्यसको उदाहरणको रुपमा (जस्तैः औषधी उद्योगलाई चाहिने पेट बोतल उत्पादन गर्ने उद्योगहरु लगायत भनेर उल्लेख गरिएको थियो ।
अर्थमन्त्रालयका अधिकारीहरुका अनुसार कतिपय वस्तुमा भने तयारी वस्तु र कच्चा पदार्थको आयातको भन्सार शुल्क मिलाउने भने कठिन अवस्था पुगेको छ ।
‘डब्लुटिओको प्रावधान अनुसार भन्सारको दर बढाउनको लागि अब धेरै नै कठिन छ,चाहेर पनि कतिपय वस्तुमा सुविधा दिन नसक्ने अवस्था छ’अर्थ स्रोतले भन्यो ।
SHARE YOUR THOUGHTS