व्यवसायी अजेयराज सुमार्गीको पैसा नरोक्न सर्बोच्चको परमादेश « Eglish Khabarhub

व्यवसायी अजेयराज सुमार्गीको पैसा नरोक्न सर्बोच्चको परमादेश



काठमाडौं । सर्बोच्च अदालतले व्यवसायी अजेजराज सुमार्गीले विदेशबाट ल्याएको पैसा नरोक्न परामादेश जारी गरेको छ ।

सर्बोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा र न्यायधीश बमबहादुर श्रेष्ठको सयुक्त इजलाशले सुमार्गीले विदेशबाट ल्याएको ७५ लाख अमेरिकी डलर फुकुवा गर्न परामादेश जारी गरेको हो ।

यसको पूर्ण पाठ भने आउन बाँकी रहेको छ । सर्बोच्चका न्यायधीश दीपकराज जोशीले सुमार्गीले भित्राएको रकम फुकुवा गर्न अन्तरिम आदेश दिएका थिए । त्यो विरुद्दमा राष्ट्र बैंक भ्याकेटमा गएपछि सर्बोच्चका प्रधानन्यायधीश राणाले सो रकम नझिक्न अन्तरिम आदेश खारेज गरेका थिए । बैंकलाई समेत सुमार्गीको रकम फिर्ता गराउन भनेका थिए ।

सुमार्गीले विदेशबाट ४ करोड अमेरिकी डलरभन्दा बढी रकम ऋण वापत ल्याएका थिए । हालका अर्थमन्त्री डा युवराज खतिवडा गभर्नर हुँदा स्रोत नखुलेको भन्दै राष्ट्र बैंकले सुमार्गीले ल्याएको ७५ लाख अमेरिकी डलर रोक्का गरेर राखेको थियो ।

Publish on: