काठमाडौं । नेपाल राष्ट्र बैंकमा अब ५८ वर्षको उमेर भएसम्म जागिर खान पाइने भएको छ ।
राष्ट्र बैंकले हटायो दोहोरो अबकाश नीति, बार्षिक कम्तिमा २० करोड जोगियो
सर्बोच्च अदालतले राष्ट्र बैंक आफ्ना कर्मचारीहरुको अवकास नीति लोकसेवाको स्वीकृति नलिइ आफैं बनाउन सक्ने फैसला गरेसँगै राष्ट्र बैंकमा ५८ वर्षको उमेर भएसम्म जागिर खान पाइने करिब निश्चित भएको हो ।
यसकारण नेपाल सरकार र राष्ट्र बैंकको अवकाश नीति फरक हुनुहुँदैनः डेपुटी गभर्नरको बिचार
राष्ट्र बैंकको सञ्चालक समितिले ३० वर्षे सेवा अवधिलाई हटाएर ५८ वर्ष उमेर भएसम्म जागिर खान पाउने प्रस्ताब गर्दै स्वीकृतिका लागि लोकसेवा आयोग पठाएको थियो । ।
तर, लोकसेवाले स्वीकृति नदिएपछि राष्ट्र बैंकले सञ्चालक समितिको निर्णय कार्यान्वयन गर्न सकेको थिएन ।
‘३० बर्षे रहिरहने हो भने राष्ट्र बैंकले झुत्रा नोट पनि साट्न सक्दैन’
लोकसेवाले स्वीकृति नदिएपछि राष्ट्र बैंकका केही कर्मचारीले अदालतमा मुद्दा दायर गरेका थिए । उक्त मुद्दामाथिको फैसलाको पूर्णपाठमा अदालतले ‘राष्ट्र बैंकले आफ्ना कर्मचारीको अवकास नीति आफैं बनाउन सक्ने’ उल्लेख छ ।
राष्ट्र बैंकका कर्मचारीको सेवा अवधिः चिरञ्जिबीले पुरा गरे युवराजको सपना
न्यायाधीसद्वय तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो।
SHARE YOUR THOUGHTS