काठमाडौं । सेयर बजारमा सामान्य गिरावट देखिएको छ । सेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्से मापन गर्ने सूचक ४.६९ अंकले घटेर १२८४.५९ बिन्दुमा रोकिएको छ ।
१७२ कम्पनीको १८ लाख ५९ हजार २४८ कित्ता सेयर ५८ करोड ८८ लाख २२ हजार रुपैयाँ बढीको कारोबार भएको छ । १२ समूहको कारोबारमा होटल, डेभलमेन्ट बैंक, वित्त कम्पनी, अन्य र म्यूचुअल फण्डहरुको सूचकमा हरियाली देखिएको छ भने बाँकी समूहको उपसूचकमा गिरावट देखिएको छ ।
कारोबार रकमको आधारमा शिवम् सिमेन्टले अग्रता लिएको छ । शिवमको ७ करोड ७६ लाख ९७ हजार २८७ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै कैलाश विकास बैंक र नेपाल बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेको छ ।
बिहीबारको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स, वल्डमर्चेन्ट बैंक एण्ड फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् भने पाँचथर पावर कम्पनी, सिभिल लघुवित्त वित्तीय संस्था, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले गुमाएका छन् ।
SHARE YOUR THOUGHTS