सेयर बजारमा गिरावट कायमै, आँखुखोलाका लगानीकर्ता मालामाल « Eglish Khabarhub

सेयर बजारमा गिरावट कायमै, आँखुखोलाका लगानीकर्ता मालामाल



काठमाडौं । सेयर बजारमा ओरालो लाग्ने क्रम बिहीबार पनि रोकिएन । बिहीबार नेप्से मापन गर्ने सूचक २.९२ अंकले घटेर १२६९.५५ बिन्दुमा रोकिएको छ ।

१७० कम्पनीको १४ लाख २३ हजार ६८७ कित्ता सेयर ४५ करोड ६५ लाख ६ हजार ९४५ रुपैयाँको सेयर किनबेच भएको छ ।

११ समूहको कारोबारमा होटल समूहको उपसूचक ४.१९ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसू्रचकमा गिरावट देखिएको छ । कारोबार रकमको आधारमा सगरमाथा इन्स्योरेन्स अग्रस्थानमा देखिएको छ । सगरमाथाको ३ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा शिवम सिमेन्ट र प्रभु बैंक रहेका छन् ।

यस्तै आँखुखोला जलविद्युत कम्पनी, कर्पोरेट डेभलपमेन्ट, नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको लगानीकर्ताहरुले कमाएका छन् भने प्रुडेन्सियल इन्स्योरेन्स, जनउत्साथ सामुदायिक लघुवित्त विकास बैंक, उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था, सगरमाथा इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् ।

Publish on: