१ पुस २०८२, मंगलबार

सरकारी जग्गा व्यक्तिको बनाउने मालपोतका कर्मचारीसहित २८ जनालाई अख्तियारले समात्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारी जग्गा व्यक्तिको नाममा बनाउने मालपोतका कर्मचारीसहित २८ जनालाई अख्तियार दुरुपयोग आयोगले पक्राउ गरेको छ । अख्तियारले २८ जना अभियुक्तलाई एकैपटक पक्राउ गरेको हो ।

अख्तियारले बिहीबार २८ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरको छ।

बाँके जिल्ला साविक खासकरकाँदो वडा ७ सिट नं. ७ र कित्ता नम्बर २१० क्षेत्रफल ०.५–१३ तथा साविक नेपालगञ्ज नगरपञ्चायत वडा नं.३ को कित्ता नम्बर १४ क्षेत्रफल ०–५–१७ र जिल्ला बर्दिया नेउलापुर वडा नं. ७ ‘क’ को कित्ता नम्बर१९१ र वडा नं. ९ ‘ख’ को कित्ता नम्बर ७, ८, ५०, ६१ र ६३ को जग्गा सम्बन्धी सरकारी कागजात सच्याई (किर्ते) गरी भ्रष्टाचार गरको आरोपमा मुद्दा दायर गरको हो।

सरकारलाइ हानी पुर्या‍उने नियतले मालपोत कार्यालय बाँके र बर्दियाका कर्मचारीलाई अनुचित प्रभावमा पारी आपसी योजना, सहमति र संलग्नतामा सरकारी श्रेस्ता नै फेरबदल गरी सरकारी र सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्नेरगराउने कार्य गरेको अख्तियारले जनाएको छ ।

अभियुक्तहरु सरकारी सार्वजनिक सम्पत्तिको हानीनोक्सानी हुने र व्यक्ति विशेषलाइ गैर कानुनी लाभ पुर्या‍उने कार्यमा संलग्न रहेका थिए ।

यी हुन् २८ अभियुक्त

मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत दीर्घराज पोखरेल भन्ने दीर्घबहादुर पोखरेल, मालपोत अधिकृतहरु पुष्पा श्रेष्ठ, हेमराज शर्मा र अशोक कुमार भट्टराई, नायव सुब्बाहरु रुद्र बहादुर देवकोटा, टंक प्रसाद शर्मा, राम बहादुर खड्का र मान बहादुर केसी कम्प्यूटर अपरेटर यज्ञश्वर वली, सहायक कम्प्यूटर अपरेटर ९करार० प्रेम बहादुर चन्द ठकुरी, खरिदारहरु सुशिल रिजाल, संजय कुमार ठाकुर , कुलानन्द राउत र कार्यालय सहयोगी अन्तराम चौधरी विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।

यसैगरी, मालपोत कार्यालय बर्दियाका तत्कालीन कार्यालय प्रमुख कृष्ण प्रसाद ज्ञवाली, मालपोत अधिकृत राम कुमार रोका, नायव सुब्बाहरु कृष्णलाल शर्मा, रविन्द्र बहादुर थापा, खरिदारहरु भुमिराज पोखरेल, किशोर कुमार रिजाल, तुलसी रानी थारु, कम्प्यूटर अपरेटर ९करार० लक्ष्मी मल्ल र कार्यालय सहयोगी सूर्य प्रसाद उपाध्याय तथा कौशल भन्ने खैरूल हसन अन्सारी, हसरतुन निसा अन्सारी, लाली मल्ल, बिरू भन्ने बृहस्पति खड्का र पप्पु धोवीलाई देहाय बमोजिमको कसुरमा देहाय बमोजिमको सजायको मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।