गण्डकी प्रदेशले ल्यायो ३२ अर्बको बजेट, अञ्चलीकरण गर्ने सवारी साधनलाई छुट « Eglish Khabarhub

गण्डकी प्रदेशले ल्यायो ३२ अर्बको बजेट, अञ्चलीकरण गर्ने सवारी साधनलाई छुट



काठमाडौं । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७६–०७७ का लागि ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार रुपैयाँको बजेट ल्याएको छ ।

चालुतर्फ १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार रुपैयाँ विनियोजन गरेको छ ।

बजेटमा सवारी साधन करको दरलाई सामान्य हेरफेर गिरएको छ । २०७६ चैत मसान्तसम्म अन्य प्रदेशमा दर्ता भई सवारी सञ्चालन गरेका सवारी धनीले गण्डकी प्रदेशका यातायात व्यवस्था कायार्लयमा दता स्थानान्तरण (अन्चलीकरण) गर्न गएको खण्डमा दर्ता शल्कु तथा सवारी
करमा २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

साथै बजेटमा भन्सार बिन्दुबाट आयात गदार्कै बखत प्रदेशस्थित यातायात कार्यालयमा दर्ता हुन आएका सवारी धनीलाई समेत लाग्ने सवारी कर तथा दर्ता शुल्कमा २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

Publish on: