काठमाडौं । सेयर बजारमा दोहोरो अंकको झड्का लागेको छ । साताको पहिलो दिन आइतबार नेप्से मापन गर्ने सूचक १०.०१ अंकले घटेर १२५४.३५ बिन्दुमा रोकिएको छ ।
आइतबार ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.०१ अंकले घटेर २६९.६० बिन्दुमा रोकिएको छ ।
११ समूहको कारोबारमा डेभलपमेन्ट बैंक, वित्त कम्पनी र म्यूचुअल फण्ड समूहको उपसूचकमा सुधार देखिएको छ । बाँकी समूहको उपसूचकमा गिरावट आएको छ ।
कारोबार रकमका आधारमा लक्ष्मी बैंक अग्रस्थानमा देखिएको छ । बैंकको ४ करोड १० लाख रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः डिप्रोक्स लघुवित्त वित्तीय संस्था, चिलिमे जलविद्युत कम्पनी रहेका छन् ।
आइतबारको कारोबारमा गुँरास लघुवित्त वित्तीय संस्था, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था, जनउत्थान सामुदायिक लघुवित्त, नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले कमाएका छन् भने स्वदेशी लघुवित्त वित्तीय संस्था, शिखर इन्स्योरेन्स, सिभिल बैंकको संस्थापक सेयरधनीले धेरै गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस्