काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत कम्पनीको साधारणसभा स्थगित भएको छ । बुधबारका लागि बोलाइएको साधारणसभा स्थगित भएको हो ।
साधारणसभामा आवश्यक गणपूरक संख्या नपुगेपछि साधारणसभा स्थगित भएको हो । साधारणसभा समपन्न गर्नका लागि ५० प्रतिशत भन्दा बढी सेयर धनीको संख्या आवश्यक भएपनि ४६ प्रतिशत मात्रै उपस्थित भएपछि साधारणसभा स्थगित भएको हो ।
साधारणसभाले साधारण सेयर धनीका तर्फबाट सञ्चालक समेत चुन्ने कार्यातालिका थियो ।
SHARE YOUR THOUGHTS