काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई अझ बढी सुविधा दिने हेतुले उत्कृष्ट सेवा प्रदान गर्न ‘एनआईसी एशिया सपोर्ट सेवा’ सञ्चालनमा ल्याएको छ ।
यस सेवाको माध्यमबाट एनआईसी एशिया सपोर्ट पेजमार्फत् बैंकको सूचना तथा गुनासो सुनुवाइका विभिन्न माध्यमहरु एकै स्थानमा एकीकृत गरी ग्राहकवर्गको सुविधाको लागि एकै स्थानबाट गुनासो सुनुवाइ गर्नुका साथै आवश्यक सूचनाहरु समेत प्राप्त गर्न सकिने नायव प्रमुख सूचना अधिकृत अर्जुनराज खनियाले जानकारी दिए ।
यस सेवाको प्रयोगबाट सेवाग्राहीले बैंकको वेबसाइटमा लगइन गरी लाइभ च्याटमार्फत सहभागिता जनाउन तथा फिडब्याक पेजमार्फत सुझावसमेत राख्न एवं बैंकको सेवासम्बन्धी सूचना र नयाँ कार्यक्रमहरुबारे जानकारी पाउन सक्नेछन् ।
यो हेल्पडेस्क पेजमा साइनइन गरी सेवाग्राहीले सुझाव तथा गुनासोहरु राख्नुका साथै ती सुझाव तथा गुनासोहरुको सम्बोधन बारे जानकारी प्राप्त गर्न सक्नुहुनेछ । यस प्रकारको सेवा नेपाली बैंकिङ क्षेत्रमै पहिलो भएको र यस सेवाबाट ग्राहकवर्गहरुको सुझाव तथा गुनासोहरुलाई उच्च प्राथमिकताका साथ सम्बोधन गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८५ शाखा कार्यालयहरु, २९४ एटीएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३७ वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
करिब १६ लाख ग्राहक रहेका बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
SHARE YOUR THOUGHTS