हुवावेसँग मिलेर चौधरी ग्रुपले नेपालमा फोरजी सेवा सञ्चालन गर्ने, ११ अर्ब लगानीको सम्झौता « Eglish Khabarhub

हुवावेसँग मिलेर चौधरी ग्रुपले नेपालमा फोरजी सेवा सञ्चालन गर्ने, ११ अर्ब लगानीको सम्झौता



काठमाडौं । नेपालको ठूलो व्यावसायिक घराना चौधरी ग्रुप (सीजी) र चाइनाको हुवाए टेक्नोलोजीबीच फोरजी फोन सेवा सुचारु गर्ने सम्झौता भएको छ । सीजीले हुवावेसँग १ सय मिलियन अमेरिकी डलर बराबरको डिलमा सम्झौता गरेको छ ।

देशभर फोरजी सेवा दिने उदेश्यले उक्त सम्झौता गरिएको चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले जानकारी दिए ।

‘भारतको मोवाइल क्षेत्रमा रिलायन्स इन्डस्ट्रिले हलचल ल्याएजस्तै नेपालको मोवाइल बजारमा फोरजी सेवामार्फत हलचल ल्याउने उदेश्यका लागि सिजीले २५० मिलियन अमेरिकि डलर लगानी गर्ने योजना बनाएको छ,’ एक अन्तर्वार्तामा चौधरीले भनेका छन् ।

यसमा फ्रि भ्वाइस सर्भिस रहनेछ । तर विशेष ध्यान डाटा, अनलाइन पेमेन्ट र अन्य सुविधामा रहने चौधरीले भनेका छन् ।

फोरजी सेवा सञ्चालनका लागि हुवावेले १ सय मिलियन अमेरिकी डलर बराबरका सामाग्री सप्लाई गर्नेछ, जुन पछि फाइभजीमा समेत अपग्रेड गर्न सकिनेछ’ चौधरीले भनेका छन् ‘मैले चीनको कम्पनीसँग सहकार्य गर्दा कुनै समस्या हुने देखेको छैन ।’

चीनको म्यानुफ्याक्चरसँग मिलेर सिमेन्ट क्षेत्रमा सहकार्य गर्न समेत खोजेको समेत उनले खुलासा गरेका छन् । सीजीले पहिले नै नेपालमा ग्रामीण भेगमा लिमिटेड टेलिकम्युनिकेशन सञ्चालन गर्दै आएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रबक्ता मिनप्रसाद अर्यालले पनि सीजीले शहर समेत गरी निकै फराकिलो नेटवर्कको लाइसेन्सका लागि आबेदन दिएको जानकारी दिए ।

हुवावेका सामाग्री प्रयोग गर्दा सीजीजले अनुमति पाउने सम्भावना कत्तिको छ भन्ने जिज्ञासामा अर्याल भन्छन्, ‘यदि हामीले दिएका शर्त र नियमहरु पुरा भएको सन्दभएमा हामीलाई लाइसेन्स दिन कुनै समस्या हुदैन ।’

नेपालमा मोवाइल क्षेत्रमा आफ्नो योजनाबारे अध्यक्ष चौधरीले भन्छन्,‘हामीले ३ देखि ४ वर्षमा नेपालको एकतिहाई बजार ओगट्न सक्नेमा ढुक्न छौं ।’

रोयटर्सको सहयोगमा

Publish on: