काठमाडौं । प्राइम कमर्शियल बैंकमा राष्ट्रिय स्तरको कैलाश विकास बैंक गाभिने भएको छ ।
प्राइम बैंकले कैलाशलाई ९४ रुपैयाँको दरले मिसाउन लागेको हो ।
एक्वाएर गरेपछि प्राइम बैंकको नामबाट कारोबार हुने छ । प्राइम बैंक र ओम डेभलपमेन्ट बैंकको मर्जर भाडिएपछि प्राइमले धेरैवटा विकास बैंकलाई प्रस्ताव गरेको थियो ।
कैलाश विकास बैंकसँग सेयर स्वाप लगायत विषयमा कुरा मिलेको थिएन ।
शुक्रबार प्राइम बैंकको केन्द्रीय कार्यालयमा प्राइम बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र कैलाश विकास बैंकका अध्यक्ष नारायण प्रसाद पौडेलले मर्जर सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरे ।
‘बिग मर्जर गर्नको लागि अन्यसँग पनि कुराकानी भइरहेको छ,हामी ठूलो मज्र्रर गर्ने तयारीमा छौ,’प्राइम बैंकका मर्जर कमिटि संयोजक गजेन्द्र बिष्टले क्लिकमाण्डूसँग भने ।
उनले सेयर स्वापको रेसियो भने डिडिएपछि यकिन हुने बताए ।
SHARE YOUR THOUGHTS