मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन बैंकको सेयर कारोबार रोक्का


काठमाडौं । आइतबार (आज) जनता, ग्लोबल आइएमई र कैलाश विकास बैंकको सेयर कारोबार रोक्का भएको छ ।

शुक्रबार जनता र ग्लोबल आइएमई बैंक मर्जमा जाने सहमति पत्रमा हस्ताक्षर गरेकाले आजदेखि सेयर कारोबार रोक्का भएको हो ।

यस्तै, प्राइम बैंकले कैलाश विकास बैंकलाई एक्वायर गर्ने भएको कैलाश विकास बैंकको पनि सेयर कारोबार रोक्का भएको हो । प्राइम र कैलाशको पनि शुक्रबार हस्ताक्षर भएको छ ।