कामको जसलिने धितोपत्र बोर्डको दाउ, सिडिएससी भन्छः मेरो सेयरमा समस्या छैन « Eglish Khabarhub

कामको जसलिने धितोपत्र बोर्डको दाउ, सिडिएससी भन्छः मेरो सेयरमा समस्या छैन



काठमाडौं । मंगलबार धितोपत्र बोर्डले सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई ‘मेरो सेयर’को सफ्टवेयरमा बारम्बार समस्या आएको प्रयोगकर्ताको गुनासा आएपछि ३ दिनभित्र जवाफ दिन निर्देशन दिएको छ ।

यो निर्देशनसँगै सिडिएस एण्ड क्लियरिङ लिमिटेड भने के जवाफ पठाउने भन्ने अन्योलमा देखिएको छ । सिडिएससीका अनुसार पछिल्लो समयमा मेरो सेयरमा कुनै पनि समस्या आएको छैन । समस्या नै नआएपछि कसरी के लेखेर जवाफ पठाउने भन्नेमा अन्योलता देखिएको हो ।

सिडिएससीका अनुसार अहिले मेरो सेयरमा कुनै समस्या छैन, केही लगानीकर्ताले आवेदन दिँदा समय लाग्यो भनेर बोर्डमो उजुरी दिएको भन्ने अनौपचारिक रुपमा सुनिएको छ ।

उनले भने, ‘अहिले हाम्रोमा सिस्टममा कुनै समस्या छैन, प्राविधिक विषय हो कुनै समयमा समस्या आउन सक्छ आउदैन भन्न सकिँदैन, तर अहिले कुनै समस्या छैन ।’

बोर्डले केही महिनाअघि देखिएको समस्यालाई लिएर अहिले यस्तो निर्देशन आउन नपर्ने हो, केही समय पहिला समस्या आएपछि अहिले हामी अहिले मेरो सेयरको सफ्टवयरको क्षमता बढाउने कामममा लागेका छौं ती अधिकारीको भनाइ छ ।

उसका अनुसार अहिलेको सफ्टवयेर रियल टाइममा ६० हजारसम्म भिजिट थाम्न सक्ने क्षमता छ । सफ्टवेयर थप भएपछि एकै पटकमा १५ लाख लगइन थेग्न सक्ने छ ।

बोर्डले दिएको निर्देशन पत्रमा मेरो सेयर सफ्टवेयर प्रणालीमा बारम्बार त्रुटीहरु आएकाले त्यो त्रुटी सुधारका लागि के गर्न सकिन्छ त्यसको योजना पत्र पनि पेश गर्न निर्देशन दिएको छ ।

बोर्डले उक्त निर्देशन दिएपनि सिडिएससी भने मेरो सेयरको सफ्टवेयरको क्षमता बढाउने तयारीमा रहेको जनाएको छ ।

स्रोतका अनुसार सिडिएससी सफ्टवेयरको क्षमता बढाउने काम गरिरहेकोले त्यो थप्नुभन्दा पहिल नै निर्देशन दिएको खण्डमा आफूले निर्देशन दिएपछि सिस्टममा सुधार आएको भन्दै जस लिन लागेको जस्तो देखिन्छ ।

यसअघि पनि अन्य काम गर्दा अन्तिम समयमा कामको प्रगति विवरण माग्ने र काम सकिन लागेपछि यति समयभित्र यस्तो काम गर्नु भनेर निर्देशन दिने र काम भएपछि हाम्रो निर्देशनले यो काम भयो भनेर जस लिने बोर्डको रुचि नै बनेको स्रोतको आरोप छ ।

अहिले कुनै समस्या नआएको र सिस्टमले काम गरिरहेको समयमा मेरो सेयरको सफ्टवेयरको क्षमता बढने थाहा पाएर त्यसको जस लिनका लागि मात्रै भएपनि बोर्डले निर्देशन दिएको निकट स्रोतको दाबी छ ।

Publish on: