अजोेड इन्स्योरेन्सले गर्योे विद्यालयलाई शैक्षिक सामाग्री सहयोग « Eglish Khabarhub

अजोेड इन्स्योरेन्सले गर्योे विद्यालयलाई शैक्षिक सामाग्री सहयोग



काठमाडौं । अजोड इन्स्योरेन्सले प्रथम वार्षिकोत्सवको अवसरमा काठमाडौैंको नैकापमा रहेको श्री मंगल माध्यमिक विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग सामाग्री दिइएको हो ।

कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले उक्त शैक्षिक सामाग्री वितरण गरेका हुन। उक्त कार्यक्रममा विद्यायलय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण महर्जन, विद्यालयका प्रधानध्यापक कृष्ण हरि कार्की, अजोड इन्स्योरेन्सको तर्फबाट नायब प्रबन्धक गोविन्द प्रसाद ढकाल र बरिष्ठ सहायक उषा बस्नेत समेतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा विद्यालयका प्रधानध्यापक कृष्ण हरि कार्कीले विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेकोमा अजोड इन्स्योरेन्स परिवारलाई धन्यबाद ज्ञापन गरेका थिए ।

Publish on: