काठमाडौं । सेयर बजारमा यो साताको अन्तिम दिन पनि सुधार देखिन सकेन भने कारोबार रकममा पनि सुस्त नै रह्यो ।
नेप्से मापन गर्ने सूचक ०.६२ अंकले घटेर १२४८.५३ बिन्दुमा रोकिएको छ । १७२ कम्पनीको १६ लाख ५४ हजार २५१ कित्ता सेयर ४६ करोड ३६ हजार ५७१ रुपैयाँको सेयर किनबेच भएको छ ।
११ समूहको कारोबारमा बैंकिङ समूहको उपसूचक १.९ अंकले बढेको छ भने जलविद्युत समूहको उपसूचक १.२७ अंकले बढ्दा बाँकी सबै समूहको उपसूचकमा गिरावट देखिएको छ ।
कारोबार रकमको आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । नेपाल बैंकको ५ करोड २९ लाख ६२ हजार २७६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम सिमेन्ट र सिभिल बैंक रहेका छन् ।
बिहीबारको कारोबारमा नाडेप लघुवित्त वित्तीय संस्था, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी, घलेम्दी हाईड्रो, आईएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन भने मल्टिप्रपोज फाइनान्स कम्पनी, लक्ष्मी लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्था, जोशी हाईड्रो पावरका लगानीकर्ताहरुले गुमाएका छन् ।
SHARE YOUR THOUGHTS