काठमाडौं । नेपाल कपडा तथा सिलाई व्यवसायी संघको बुटवलमा हुने भनिएको साधारणसभा स्थगित भएको छ । उच्च अदालत पाटनले हिजो संघका नाममा अन्तरिम आदेश जारी गर्दै तत्कालका लागि साधारणसभा स्थगित गर्न विपक्षीका नाउँमा अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो, आदेशमा भनिएको छ ।
विषयवस्तुको गाम्भीर्यतालाई विचार गर्दा दुबैपक्ष राखी छलफल गर्नुपर्ने भएकोले मिति २०७६÷०३÷३१ को तारेख तोकिएको छ । संघका संस्थापक अध्यक्ष सिद्धिवीर बज्राचार्य पेश गरेको निवेदनउपर उच्च अदालत पाटनले संघका नाममा निषेधाज्ञा जारी गरेकाले साधारणसभा स्थगित भएको हो । स्थगितसँगै संघको साधारणसभा अनिश्चितकालका लागि सरेको नेपाल कपडा तथा सिलाई व्यवसायी संघका महासचिव सदिश श्रेष्ठले जानकारी दिए ।
विगत ३ महिनाअघिदेखि संघलाइं महासंघ परिणत गरेको भन्दै भूmटो विरण जिल्ला प्रशासन काठमाडौंमा पेश गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले साउन मसान्तभित्र साधारणसभा गरी निर्णय पेश गर्न भनिएकोमा यस उच्च अदालत पाटनको निर्णय थप अनिश्चितता प्रदान गरेको छ ।
केही महिनाअघि संघबाट महासंघ रुपान्तरित भएको भन्दै वर्तमान कार्यसमितिका अध्यक्ष रामकृष्ण श्रेष्ठले संस्थापकदेखि निवर्तमान अध्यक्षसम्मलाई बेवास्ता गर्दै एकलौटी हिसाबबाट संस्था हाँक्ने प्रयास गरेका थिए ।
प्रतिक्रिया