मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यवसायिक पराशर्म सेवा सम्झौता


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यवसायिक परामर्श सेवा सम्बन्धी सम्झौता भएको छ ।

बैंक र उक्त संस्था बिच भएको उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र उपाय सर्भिसेजका तर्फबाट उक्त कम्पनीका अध्यक्ष सुमन रायमाझीले हस्ताक्षर गरेका छन । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले नयाँ व्यवसायको योजना, उद्योगसंग सम्बन्धित सेवा, कर तथा लेखा सम्बन्धि लगायतका अन्य सेवाहरु बैंकका शाखा कार्यालयहरुबाट उपाय सर्भिसेज मार्पmत सहज तथा सरल रुपमा परामर्श प्राप्त गर्न सक्नेछन ।

यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ८६ वटै शाखाहरुबाट लिन सक्ने बैंकले जनाएको छ ।