काठमाडौं । यातायात व्यवसायी, ढुवानी व्यवसायी एंव यातायात मजदुरहरुले सरकारले सुरु गरेको भेहिकल एण्ड कन्साइमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) व्यवस्था तत्काल खारेज गर्न माग गरेका छन् ।यो व्यवस्था कार्यान्वयन गर्न सवारी चालक तथा यातायात मजदुर सक्षम नभएको भन्दै तत्काल यसलाई खारेज गर्न माग गरेका छन् ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यो खारेज नभएको खण्डमा आन्दोलनमा उत्रन बाध्य हुनुपर्ने संयोजक गोकर्ण पराजुलीले बताए । सरकारले ल्याएको अवैज्ञानिक र झन्झटिलो नीतिको यातायात व्यवसायी मर्कामा परेको उनको भनाई छ ।
उनले भिसिटिएस लागु गर्ने हो भने सरकारले त्यही अनुसारको सिस्टम बनाउनु पर्ने बताए । उनले भने ‘ भिसिटिएस व्यवस्था उल्लंघन भए पहिलो पटक ५० हजार, दोस्रो पटक ७५ हजार हुँदैन जरिवाना बढेर ट्रक जफत हुने, मजदुर थुनामा जाने, मालिकलाई जरिवाना गर्ने भनिएको छ । यो हामीलाई जरिवाना थुपर्ने नियत देखियो ।’
यातायात व्यवसायीहरुले राज्यलाई बार्षिक ८० हजारदेखि १ लाख २० हजार रुपैयाँसम्म अतिरिक्त कर तिरी रहेको पसिन उनले जानकारी गराए । उनले भने ‘देशमा व्यवसाय गर्न पायौं भने कर तिर्न हामीलाई गाह्रो हुँदैन तर अव्यवहारीक र झन्झटिलो नियमका आडमा व्यवसायीमाथी जुन अंकुश लाग्दैछ त्यसले पेशाबाट पलायन हुन बाधय बताएको छ ।’
कार्यक्रममा पराजुलीले दुर्घटनामा परेकालाई बीमा रकम ३ लाख रुपैयाँ व्यवस्था गरिएको भए पनि यो कम भएको भन्दै राज्यले दिने बीमा रकम बढाउन माग गरे ।


प्रतिक्रिया