आस्वा प्रणालीलाई प्रभावकारी बनाउन धितोपत्र बोर्डको निर्देशन « Eglish Khabarhub

आस्वा प्रणालीलाई प्रभावकारी बनाउन धितोपत्र बोर्डको निर्देशन




काठमाडौं । नेपाल धितोपत्र बोर्डले आस्वा प्रणालीलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

बोर्डबाट हालसम्म ४१ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई आस्वा प्रणालीमा सहभागी हुनको लागि आवेदन लिएका छन् । हालैको सार्वजनिक निष्काशनमा यस प्रणालीमा सहभागी कतिपय बैंक तथा वित्तीय संस्थाहरुबाट सहज ढंगले सेवा प्रदान गर्न सकेको भन्ने नपाइएकोले यस प्रणालीलाई प्रभावकारी बोर्डले निर्देशन दिएको हो ।

आस्वा प्रणालीमा सहभागी संस्थाका कर्मचारीहरुलाई शीघ्र आवश्यक तालिम तथा अन्र्तक्रिया कार्यक्रम संचालन गरी क्षमता अभिवृद्धि गर्न तथा यस प्रणालीको कार्यान्वयन सम्बन्धमा कुनै समस्या देखा परेमा बोर्डलाई जानकारी गराउन समेत निर्देशन दिएको छ ।

Publish on: