
काठमाडौं । संसारको दश ठूला सेयर बजारहरुको सूचीले देशहरुको बललिँदो भूमिका पनि उद्घाटन गर्छ । किनभने सेयर बजारलाई देशको अर्थतन्त्रको ऐना मानिन्छ ।
दश ठूला सेयर बजारको सूचीमा संसारका बिकसित देशहरुका अलावा एसियाका बिकासोन्मुख देशका सेयर बजारहरु समेत पर्छन् ।
टप टेनको सूचीमा नपरेका तर अहिले उदाइरहेका सेयरबजारहरुमा भारतको बम्बई स्टक एक्सचेन्ज र ब्राजिलको बिएम एण्ड एफ बोभेस्पा स्टक एक्सचेन्ज, अष्ट्रेलियाको अष्ट्रेलियन स्टक एक्सचेन्ज, कोरिया एक्सचेन्ज आदि पर्छन् ।
बजार पूँजीकरणका हिसाबले यो सूची तयार पारिएको हो ।
| स्टक एक्सचेन्ज | कुल बजार पूँजीकरण |
|---|---|
| १, न्यूर्योक स्टक एक्सचेन्ज | १९,२२३ अर्ब डलर |
| २, नासडाक | ६,८३१ अर्ब डलर |
| ३, लण्डन स्टक एक्सचेन्ज | ६,१८७ अर्ब डलर |
| ४,टोकियो स्टक एक्सचेन्ज | ४,४८५ अर्ब डलर |
| ५, सांघाइ स्टक एक्सचेन्ज | ३,९८६ अर्ब डलर |
| ६, हङकङ स्टक एक्सचेन्ज | ३,३२५ अर्ब डलर |
| ७, युरोनेक्स्ट एक्सचेन्ज | ३,३२१ अर्ब डलर |
| ८, सान्जेन स्टक ऐक्सचेन्ज | २,२८५ अर्ब डलर |
| ९, टोरन्टो स्टक एक्सचेन्ज | १,९३९ अर्ब डलर |
| १०, फ्राङ्कफर्ट स्टक | १,७६२ अर्ब डलर |

प्रतिक्रिया