काठमाडौं. । संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा माछापुच्छ्रे बैंकद्वारा पोखरा र भक्तपुरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।
बैंकको पोखरामा रहेका शाखा कार्यालयहरु तथा पोखरा महानगरपालिका, रघैचौर टोल विकास संस्था सँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । बैंकले स्वच्छ वातावरण निमार्णमा सघाउ पु¥याउने उद्धेश्यले पोखरा महानगरपालीकाको सहयोगमा उक्त वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो । उक्त अवसरमा करिव ७० भन्दा बढि विरुवाहरु रोपिएको थियो ।
त्यसैगरी बैंकले मनोरम नगर समाजको संयुक्त सहकार्यमा भक्तपुरको मनोहरामा मा वृक्षारोपण गरेको छ । भक्तपुरस्थित मनोहरा जग्गा एकीकरण आयोजनाले छुट्याएको मनोरम समाज क्षेत्रको ग्रिनवेल्ट लगायतका स्थानमा वृक्षारोपण कार्यक्रमगरिएको हो ।
माछापुच्छ्रे बैंकले आफ्नो सामाजिक उत्तदायित्व अन्र्तगत सुरक्षा निकायका विभिन्न अंगहरुलाई भौतिक सहयोग तथा दैवी प्रकोपबाट प्रभावितहरुको उद्धार तथा पुर्नस्थापनामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ भने देशका विभिन्न स्थानहरुमा वृक्षारोपण, वित्तीय साक्षरता लगायतका कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको छ ।
SHARE YOUR THOUGHTS