२०० बढी उच्च सरकारी अधिकारीको सम्पत्ति छानबिन गर्दै अख्तियार, राजस्व समूहका धेरै « Eglish Khabarhub

२०० बढी उच्च सरकारी अधिकारीको सम्पत्ति छानबिन गर्दै अख्तियार, राजस्व समूहका धेरै



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च सरकारी कर्मचारी माथि सुक्षम छानबनि गरिरहेको छ । यद्यपी अख्तियारले सो विषयमा सार्वजनिकरुपमा जानकारी दिन मानेको छैन ।

साना र तल्ला तहका कर्मचारीलाई मात्रै घुस लिएको आरोपामा रंगेहात समात्दै आएको अख्तियारले ठूला र उच्च तहका कर्मचारीलाई कारवाहीको दायरामा नल्याएको भन्दै आलोचनामा पर्दै आएको थियो ।

अख्तियारको विशेष स्रोतका अनुसार करिब २०० भन्दा बढी उच्च र वरिष्ठ अधिकारीलाई छानबनिको दायरामा राखेको छ । उनीहरुको गतिविधि र आर्थिक हैसियतका बारेमा सुक्ष्म अध्ययन भइरहेको छ ।

उच्च सरकारी अधिकारीको दैनिक कार्यशैली, आर्थिक कारोवार तथा उनीहरुको आफन्तको हैसियतका बारेमा अध्ययन गर्न अख्तियारले सुराकी समेत परिचालन गरेको छ ।

विशेषगरी मालपोत कार्यालय, नापी कार्यालय, यातायात व्यवस्था विभाग, भौतिक पूर्वाधार तथा याताया व्यवस्था मन्त्रालयका उच्च तहका कर्मचारी तथा प्राविधिक, भन्सार कार्यालय, ठूला आयोजनाका प्रमुख तथा प्रमुख प्राविधिकको आर्थिक हैसियतको बारेमा सुक्ष्म अध्ययन गरिरहेको बताइन्छ ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका कर्मचारी, सोही कार्यालय हेर्ने भन्सार विभागका अधिकाशं कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कमचारी माथि पनि अख्तियारले आँखा लगाएको छ ।

त्रिभुवन विश्वविद्यालय तथा मेडिकल कलेजका सञ्चालकहरु तथा सरकारी स्वामित्वका संस्थान तथा समितिका उच्च अधिकारी समेत अख्तियारको आँखा परेको छ ।

दुई तिहाईको सरकार गठन भएपछि भ्रष्टाचार झन् चौतर्फीरुपमा संस्थागत भएको भन्दै अख्तियारले अब साना र तल्ला तहका कर्मचारी मात्रै नभई ठूला र उच्च कर्मचारीमाथि समेत आँखा लगाएको बताइन्छ ।

यस्तै अख्तियारले राजश्वमा चरम अनियमितता र अपचलन भएको भन्दै राजश्व समूहका अधिकाशं कर्मचारीको आर्थिक हैसियतको फेहरिस्त समेत उतार गरिसकेको बताइन्छ । उनीहरुको सम्पत्ति र आर्थिक हैसियत सोचेभन्दा ठूलो रहेको पाइएको छ ।

तर आयोगका कुने पनि अधिकारी छानबनि जारी रहेका कारण तत्काल नै कुनै प्रत्रिक्रिया दिन नमिल्ने भन्दै पन्छिएका छन् ।

Publish on: