बैंकका सीइओको सम्पत्तिमा सम्पत्ति शुद्धिकरणको आँखा, छानबिन थाल्यो « Eglish Khabarhub

बैंकका सीइओको सम्पत्तिमा सम्पत्ति शुद्धिकरणको आँखा, छानबिन थाल्यो



काठमाडौं । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओहरु)को सम्पत्ति छानबिन गर्न थालेको छ ।
कर्जा प्रवाहमा अनियमिता गरेको तथा सम्पत्ति शुद्धिकरण निवारणमा बैंकका उच्च कर्मचारीको संलग्नता भेटिएपछि विभागले अनुसन्धान थालेको हो ।

विभागले बैंकका सीइओ र कर्जा शाखामा उच्च कर्मचारीको छानबिन प्रक्रिया अगाडि बढाएको छ ।

ललिता निवासको सरकारी जग्गा धितो राखेर बैंकहरुले कर्जा दिएपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले सीइओको छानबिन प्रक्रिया अगाडि बढाएको हो ।

बैंकका सीइओको कमाइ कति हुन्छ ? यी हुन् नेपालकै महंगा १० सीइओ

‘जग्गा खरिददेखि केही विषयमा सम्पत्ति शुद्धिकरणमा सीइओ तथा कर्जा अधिकृतहरुको काम गराई चित्त बुझ्दो देखिएन, यसैले बैंकका उच्च अधिकारीको सम्पत्ति छानबिनको काम अगाडि बढाइएको हो,’ सम्पत्ति शुद्धिकरण विभाग स्रोतले भन्यो ।

कर्जा प्रवाहमा कतिपय बैंकमा प्रमुख कार्यकारी अधिकृत तथा कर्जा प्रमुखले नै कमिसन माग्ने गरेको चर्चा चल्ने गर्छ ।

विभागले केही वाणिज्य तथा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तथा कर्जा प्रमुखको सम्पत्तिको छानबिन अगाडि बढाएको हो ।
नेपालमा तलब सुविधाको दृष्टिकोणले बैंक तथा वित्तीय संस्थाको जागिर आकर्षक मानिन्छ । अझ सीइओहरु अत्याधिक तलब सुविधा लिनेमा पर्छन् ।

बैंकहरुमा कर्जाको रकमको आकार अनुसार कर्जा स्विकृतिको अधिकार रहेको हुन्छ । सामान्यतया १ करोडसम्मको कर्जा स्विकृतिको अधिकार त्यो शाखा प्रमुखसँग हुन्छ भने त्यो भन्दा बढीको लागि बैंकको केन्द्रीय कार्यालयको अनुमति चाहिने हुन्छ । यद्यपी बैंकहरु यो व्यवस्था फरक छ ।

व्यवसायीहरुले कर्जा स्विकृत गर्दा बैंकका अधिकारीहरुलाई अनुचित लाभ लिन खोज्ने गरेको आरोप बेला बेलामा लगाउने गरेका छन् । यद्यपी बैंकका सीइओहरुले यो आरोप पुष्टी नभएको भन्दै अनावश्यक रुपमा लगाइएको आरोप भन्ने गरेका छन् ।

Publish on: