रिलायन्स लाईफ र खल्ती डिजिटल वालेट बीच सम्झौता, मोबाईलबाटै बीमा शुल्क तिर्न सकिने « Eglish Khabarhub

रिलायन्स लाईफ र खल्ती डिजिटल वालेट बीच सम्झौता, मोबाईलबाटै बीमा शुल्क तिर्न सकिने



काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स र खल्ती डिजिटल वालेट बीच डिजिटल माध्यम मार्फत बीमा शुल्क भुक्तानी सुविधा उपलब्ध गराउन सम्झौता भएको छ ।

अब रिलायन्स लाईफ इन्स्योरेन्सका ग्राहकले आफ्नो मोबाईलमा रहेको खल्ती एप मार्फत सिधै बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् । ग्राहकले आफ्नो बीमा शुल्क खल्ती वालेटमा भएको ब्यालेन्स अथवा इन्टरनेट बैंकिङ र मोबाईल बैंकिङ मार्फत सहजै बुझाउन सक्नेछन् ।

सम्झौतापछि इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले भने, ‘हामीले नेपालमा जीवन बीमा सेवालार्ई पुर्न परिभाषित गर्न खोज्दैछौँ । खल्तीसँग यस प्रकारको सहकार्य गरी बीमा शुल्कको डिजिटल भुक्तानी सेवा सुरु गर्न पाउँदा हामी उत्साहित छौँ । अब रिलायन्स लाईफ इन्स्योरेन्सका ग्राहकहरुले खल्ती एप प्रयोग गरेर आफ्नो मोबाईलबाट सिधै बीमा शुल्क तिर्न सक्नुहुन्छ ।

डिजिटल माध्यमबाट यसरी बीमा शुल्क तिर्दा ग्राहकहरुको सजिलै अन्लाईन रेकर्ड रहने हुँदा अनियमितता रोक्न पनि मद्दत पुर्याउँछ । डिजिटल भुक्तानी सेवाले ग्राहकहरुलाई सुविधा पुर्याउनुका साथै इन्स्योरेन्स उद्योगलाई पनि फाइदा पुर्याउने कुरामा हामी विश्वस्त छौँ ।’

कार्यक्रममा खल्तीका प्रवन्ध निर्देशक मनिष मोदीले इन्स्योरेन्ससँग भएको सम्झौतासँगै आफ्नो बीमा शुल्क भुक्तानी गर्न इन्स्योरेन्स कम्पनीको अफिस वा बैंक धाइराख्नु नपर्ने बताए ।

रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको स्थापना सन् २०७४ साल मङ्सिर १ गते भएको हो । स्थापना कालदेखि हालसम्म गुणस्तरीय सेवा र व्यवसायिकताका कारणले कम्पनीले ग्राहकको सन्तुष्टि जित्न सफल भएको छ ।

कम्पनीको जारी पुँजी २ अर्ब १० करोड र चुक्ता पूँजी १ अर्ब ४७ करोड रहेको छ । रिलायन्स लाइफ इन्स्योरेन्सले हाल ८८ वटा शाखा÷उपशाखा कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ र बीमा सेवामा नेपाली जनताको पहुंच बढाउन शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहेको छ ।

Publish on: