भीमदत्त नगरपालिका र महाकाली पारि दोधारा चादँनी नगरपालिका जोड्ने पुल बन्ने « Eglish Khabarhub

भीमदत्त नगरपालिका र महाकाली पारि दोधारा चादँनी नगरपालिका जोड्ने पुल बन्ने


१७ फाल्गुन २०७३, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

भीमदत्तनगर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले महाकाली नदीमा पुल निर्माणका लागि पुल योजनाको कार्यालय आज उद्घाटन गरेका छन् ।

कञ्चनपुरको भीमदत्तानगरस्थित योजना कार्यालय उद्घाटनपछि मन्त्री लेखकले महाकाली नदीमा चार लेनको पक्की पुल बने प्रदेश नं ७ सँगै मुलुकको आर्थिक विकासमा टेवा पुग्ने बताए। ‘पुल बने सुदूरपश्चिमको विकासमा क्रान्ति आउँछ भन्ने हाम्रो पुरानो सपना आज यथार्थमा रुपान्तरण हुँदैछ,’ मन्त्री लेखकले भने, ‘पुलसँगै पुल छेउछाउको बाढीको समस्या समाधानका साथै चार लेनकै करिब सात किलोमिटर सडक समेत निर्माण हुनेछ ।’

यहाँको भीमदत्त नगरपालिका र महाकाली पारि दोधारा चादँनी नगरपालिका जोड्ने पुल भारतीय ‘एक्जिट’ बैंकको साढे चार अर्ब रुपैयाँको सहुलियत ऋण लगानीमा निर्माण हुन लागेको हो ।  ‘पुल बनाउन सबै राजनीतिक दललगायत नागरिक समाजले सहयोग गर्नुपर्छ,’ उनले भने ‘विकासका एजेन्डामा साझा भएर लाग्नुपर्छ,राजनीति गर्नुहुँदैन ।’

महाकालीमा अवस्थित शारदा ब्यारेजभन्दा ५.६ किमी दक्षिण र दोधारा चादँनी झोलुङ्गे पुलभन्दा २.६ किमी उत्तरतर्फको भूभागमा पुल निर्माण हुनेछ ।

महाकाली पुल योजना कार्यालयका प्रमुख सुनिलबाबु पन्तले सडक विभागको सडक सुधार आयोजनाअन्तर्गत महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण हुन लागेको जानकारी दिए। उनले पुलको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत भइसकेको जानकारी दिँदै पुल निर्माणको ठेक्का प्रक्रियाको कागजी काम भइरहेको बताए। ‘पुल निर्माणको ठेक्का प्रक्रियाको कागजी काम अन्तिम चरणमा छ,’ उनले भने, “केही समयभित्र निर्माणको काम सुरु हुन्छ ।’

प्रकाशित मिति : १७ फाल्गुन २०७३, मंगलबार ००:००  ७ : ०३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping