काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणाले नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई आग्रह गरेकी छन् ।
भारतको इन्दौर सहरमा आयोजना भएको २० औं सर्वोत्कृष्ट राष्ट्रिय सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष राणाले नेपालमा राजनीतिक स्थिरतासँगै आर्थिक विकासको बाटोमा गएको भन्दै नेपालमा रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गर्न आग्रह गरिन् ।
एशियालटिक विलर मल्टीफेरियस एसोसियन र वल्र्ड बुक्स अफ रेकर्डसको सयुक्त आयोजना भएको अवार्ड समारोहमा राणाले नेपालको मानव संसाधन विकास र स्वरोजगार सृजनामा एएलएमए र वल्र्ड बुक्स अफ रेकर्डस जस्ता संस्थासँग सहकार्य गर्न महासंघ तयार रहेको बताइन् ।
एएलएमएले स्थापनाको दुर्ए दशकमा वातावरण संरक्षण,शिक्षा,स्वास्थ,दीगो विकास सूचना प्रविधि लगायतका क्षेत्र मार्फत् स्वरोजगार सृजनामा पाएको सफलता र वल्र्ड बुक्स अफ रकेडर्सले मानिसको चौथर्फी विकासमा पुर्याएको योगदानको प्रशंसा गरिन् ।
एलएमएले गर्ने काम नेपालमा सरकारपछि सबैभन्दा ठूलो सन्जाल रहेको महासंघले गर्ने कामसँग मिल्ने भन्दै अध्यक्ष राणाले व्यवसाय प्रवद्र्धन,दीगो विकास, सस्थागत शुसासन तथा युवा तथा महिला उद्यमशिलताको क्षेत्रमा महासंघ क्रियाशिल रहेको जानकारी गराइन् ।
सरकारी र निजी क्षेत्रका व्यक्तिहरु सहभागी रहेको कार्यक्रममा महासंघ अध्यक्ष राणाले भारतका राजनीतिज्ञ तथा निजी क्षेत्रका व्यक्तिसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
SHARE YOUR THOUGHTS