काठमाडौं । राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि ६ दिनका लागि २ तथा ४ पांग्रे सवारी साधनको महाकुम्भ मेला शुरु भएको छ । मेलामा चार पाङग्रे सवारी साधनको मात्रै २३ वटा स्टल छन् ।
४ पाङग्रे सवारी साधनका पारखीका लागि यो मेला निकै लाभदायक सावित हुनेछ । किनभने सवारी साधनका पारखीहरुले आफूलाई मनपर्ने कम्पनीको, आफ्नो आर्थिक क्षमता अनुसारको गाडी खरिद गर्न सक्नेछन् ।
मेलामा २७/२८ लाख रुपैयाँदेखि १ करोड रुपैयाँभन्दा बढी मूल्यका विलासी तथा आरामदायी गाडी छानिछानी किन्न सकिने छ ।
हामीले यहाँ उक्त मेलामा सहभागी कम्पनीहरुको केही मंहगा गाडीको बारेमा जानकारी गराउँदै छौं ।
मेलामा प्यूजोट कम्पनीले १ करोड ३८ लाख रुपैयाँसम्मको गाडी ल्याएको छ । प्यूजोट कम्पनीको प्यूजोट ५००८ एसयूभीको मूल्य १ करोड ३८ लाख रुपैयाँ छ । ७ सिट क्षमता रहेको गाडी प्रति घन्टा २०६ किलोमिटर गुडने क्षमता छ ।
१५९८ सीसीको उक्त गाडी पिओर टिच टर्बो पेट्रोल वाला हो । गाडीमा ५३ लिटरको इन्धनको ट्यांकी छ । यसको अधिकतम हर्ज पावर १६५ छ ।
यस्तै सोही कम्पनीको ३००८ एसयूभीको मूल्य १ करोड ३० लाख रुपैयाँ छ । यसमा पनि ५००८ को जस्तै विशेषता छ ।
यो गाडी पेट्रोल र डिजेल प्रयोग गर्न मिल्ने खालको रहेको छ । १५९८ सीसी क्षमताको उक्त गाडीको स्पिड प्रतिघन्टा २०६ किलोमिटर छ ।
गाडीमा ५३ लिटरको इन्धनको ट्यांकी रहेको छ । यसको अधिकतम हर्ज पावर १६५ छ । १९९७ सीसी क्षमताको ३००८ स्पोटर्स एसयूभी जसमा यस प्रुफ रहेको छ ।
यो गाडीको मूल्य १ करोड २९ लाख रुपैयाँ रहेको छ । यो गाडीमा अधिकतम हर्ज पावर १५० छ । यस्तै सोही कम्पनीको ३००८ स्पोर्टस एसयूभीमा सन रुफ भएकोलाई १ करोड २४ लाख र नभएकालाई १ करोड २० लाख रुपैयाँ पर्छ ।
मेलामा इसुजु कम्पनीले एमयू एक्स गाडी ल्याएको छ । यो गाडी पनि लक्जरियस गाडी खोज्नेहरुको लागि भरपर्दो छ । यसको नेपाली बजारमा १ करोड ४४ लाख ९० हजार रुपैयाँ पर्छ ।
१३० किलोवाट अधिकतम क्षमता रहेको गाडीमा ७ जनाको सिट क्षमता रहेको छ । ६५ लिटरको इन्धन ट्यांकी रहेको गाडी ५ रंगमा उपलब्ध रहेको छ ।
मेलामा भक्सवागनले पनि २ वटा नयाँ गाडी सार्वजनिक गरेको छ । जसको बजार मूल्य १ करोडभन्दा माथि छ । जसमा टिगुवान २.० एलको मूल्य १ करोड १५ लाख रुपैयाँ रहेको छ । ७ जना सिट क्षमता रहेको बेसिक पेट्रोल गाडी १९८४ सीसीको रहेको छ ।
त्यस्तै सोही क्षमताको लोडेड पेट्रोल गाडीको नेपाली बजार मूल्य १ करोड ४८ लाख रुपैयाँ छ । यी दुवै गाडी मंगलबार अटो शोमा उद्घाटन भएको हो ।
SHARE YOUR THOUGHTS