रातो बंगला फाउण्डेसन र शिक्षा मन्त्रालयसँग एनसेलको सहकार्य « Eglish Khabarhub

रातो बंगला फाउण्डेसन र शिक्षा मन्त्रालयसँग एनसेलको सहकार्य



काठमाडौं । एनसेलले व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत दोस्रो अन्र्तराष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन २०१९ को आयोजनाका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र रातो बंगला फाउण्डेसनसँग सहकार्य गरेको छ ।

यस सहकार्य अन्तर्गत आयोजना गरिएको तीन दिने सम्मेलन सोमबार समापन भएको छ ।

तीन दिने सम्मेलनमा शिक्षा क्षेत्रसँग सम्बन्धित सरकारी कर्मचारीहरु, शिक्षक शिक्षिकालगायत नेपाली तथा विदेशी सोधकर्ताहरुको सहभागिता रहेको थियो ।

गरेर सिक्ने र प्रारम्भिक बाल्यकाल विकास विधिमा केन्द्रित हुँदै सम्मेलनका दौरान ७५ वटा कार्यपत्रहरु प्रस्तुत भएका थिए भने ६० वटा कार्यशालाहरु संचालन भएका थिए ।

सम्मेलनमा ३०० जना सरकारी विद्यालयका शिक्षक शिक्षिकासहित सातै प्रदेशका ५५ जिल्लाबाट ७०० जनाभन्दा बढीको सहभागिता थियो ।

त्यसैगरी, प्रशिक्षकका रुपमा अमेरिका, सिंगापुर, भारत, चीन र बंगलादेशका विज्ञहरुको उपस्थिती थियो ।

शिक्षा क्षेत्रको विकासका लागि सहभागिहरुलाई ज्ञान र विषेशज्ञता प्रदान गर्दै सशक्तिकरणमा योगदान पुर्याउनु एनसेलको यस सहकार्यको उद्देश्य रहेको छ ।

दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलनले शिक्षा क्षेत्रसँग सम्बन्धित सीप प्रशिक्षण र प्रारम्भिक शिक्षाको विकास जस्ता क्षेत्रहरुको सुधारमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ ।

सम्मेलन शनिबार शुरु भएको थियो । ‘२०३० सम्ममा सबैलाई सुरक्षित र गुणस्तरीय शिक्षामा समान पहुँच पुर्याउने सरकारको विद्यालय क्षेत्र विकास योजना (एसएसडिपी) अन्तर्गतको लक्ष्य बालबालिकालाई प्रारम्भिक चरण देखिनै कक्षामा गुणस्तरीय शिक्षा प्रदान गरेर मात्रै हासिल गर्न सकिन्छ । गरेर सिक्ने विधिमा जोड दिदै आयोजना गरिएको यो सम्मेलन हाम्रा बालबालिकाहरुको लागि अति महत्वपूर्ण छ’ उद्घाटन सत्रमा बोल्दै शिक्षामन्त्री गिरीराज णि पोखरेलले भने ।

सोमबार आयोजना भएको समापन समारोहमा प्रतिनिधि सभाका शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तिको उपस्थिती रहेको थियो ।

सरकारी विद्यालयहरुमा सुधारका लागि नीतिगत तहमा छलफल भईरहेको उनले बताइन् । उनले सम्मेलनमा सहभागि शिक्षक शिक्षिकाहरुलाई आफूले सम्मेलनमा बटुलेका ज्ञान बालबालिकाका विकासका लागि कक्षा कोठा लगेर बाड्न सुझाइन् ।

‘एसएसडीपीको लक्ष्य प्राप्तिका लागि सरकारको रणनीतिक योजनामा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग सहकार्य गर्न पाएकोमा हामी निकै हर्षित छौ’ एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङले भने ।

‘आवश्यक समयसापेक्ष तालिमबाट बञ्चित सरकारी विद्यालयका शिक्षक शिक्षिकाहरुलाई प्लेटफर्म प्रदान गर्दै उहाँहरुलाई अझ सशतm बनाउन सहयोग पुप्याउनमा एनसेलको यो सहकार्य केन्द्रित रहेको छ’ उनले भने ।

‘अन्तर्राष्ट्रिय सिकाई पद्धति, हाम्रा स्थानीय कक्षा कोठाहरुसम्म पुर्याउनु र यसका लागि शिक्षक शिक्षिकाहरुलाई आवश्यक तालिम दिनु यस अन्तर्राष्ट्रिय सम्मेलनको मुख्य उद्देश्य भएको रातो बंगाला फाउण्डेसनकी अध्यक्ष डा. शान्ता दीक्षितले भनिन् ।

‘सार्वजनिक तथा निजी क्षेत्रका दुवैको संलग्नताले नेपालको परिवेशमा गुणस्तरीय शिक्षा प्रवर्धन गर्नको लागि यो सम्मेलन उत्कृष्ट प्लेटफर्म बन्यो ।

Publish on: