काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले राष्ट्र बैंकका कर्मचारीहरुलाई बैंक तथा वित्तीय संस्थाहरुका शाखा उदघाटन गर्न नदौडिन निर्देशन दिएका छन् । पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकका एकैसाथ १४ शाखाको उदघाटन गर्दै अर्थमन्त्री खतिवडाले राष्ट्र बैंकका कर्मचारीलाई यस्तो निर्देशन दिए ।
‘म राष्ट्र बैंकमा गभर्नर हुँदा ४/५ वटा शाखाको मात्रै शाखा उदघाटन गर्न गएको थिएँ, त्यो पनि विकट ठाउँमा । जसले समाजमा राम्रो सन्देश दिन्थ्यो । तर, अहिले राष्ट्र बैंकका अधिकारीहरु जहाँ पनि शाखा उदघाटन गर्न जाँदा समयको बर्बाद भयो, यसरी समय खेर नफाल्नू ।’
काठमाडौंमै बसेर पनि धेरै ठाउँमा धेरै शाखा खोल्न सकिन्छ भन्ने देखाउनका लागि आफू वाणिजय बैंकको एकैपटक १४ वटा शाखा खोल्ने कार्यक्रममा आएको उनले बताए ।
‘यो कार्यक्रम याक एण्ड यति होटेलमा नराखेर बैंकको मूख्य कार्यालयमा राखेको भए राम्रो हुन्थ्यो,’ अर्थमन्त्रीले भने ।
वाणिज्य बैंकले ५ प्रदेशका ११ जिल्लामा काठमाडौंको याक एण्ड यति होटेलबाट एकैसाथ डिजिटल प्रविधिको प्रयोग गरी १४ शाखा सञ्चालनमा ल्याएको छ । जसको उदघाटन अर्थमन्त्री खतिवडाले गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्