काठमाडौं । सेयर बजारमा देखिएको गिरावटमा अझै पनि सुधार आउन सकेको छैन । लगातार बजारमा देखिएको गिरावटले सेयर कारोबारको लागि अन्तिम दिन बिहीबार पनि निरन्तरता पाएको छ ।
बजार मापन गर्ने नेप्से सूचक १.३३ अंकले ११९६.४१ बिन्दुमा रोकिएको छ । यति बेला सेयर बजारले लगानीकर्ताको १२०० को मनोविज्ञानलाई तोडेको छ । यो सँगै बजार ११०० को लाइनमा फर्केको छ ।
१७० कम्पनीको ९ लाख ७५ हजार ८३४ कित्ता सेयर २७ करोड ७३ लाख ५९ हजार ६५९ रुपैयाँको सेयर किनबेच भएको छ । १२ वटा समूहको कारोबारमा बैंकिङ समूहको ०.८६, डेभलपमेन्ट बैंक २.९ अंकले बढेको छ भने बाँकी सबै समूहको परिसूचकमा गिरावट आएको छ ।
कारोबार रकमको आधारमा कुमारी बैंंक अग्रस्थानमा रहेको छ । कुमारीको १ करोड ६२ लाख ४४ हजार ६०३ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एसिया बैंक रहेका छन् ।
कारोबारमा सबैको लघुवित्त वित्तीय संस्था, एनएलजी इन्स्योरेन्स, यूनियन हाईड्रो, एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन भने यूनाईटेड फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त वित्तीय संस्था,ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यति बेला एनआईसी, सिटिजन्स, कुमारी, माच्छापुच्छे« बैंकले लगानीकर्तालाई दिने लाभांश समेत घोषणा गरिसकेका छन् । तै पनि बजारमा भने सुधार देखिन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्