काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले बदनियत पूर्ण कर छली गर्ने कसैलाई नछाडिने बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको छलफल कार्यक्रममा अर्थमन्त्री खतिवडाले करछली गर्ने कसैलाई नछाडिने बताएका हुन् ।
पछिल्लो समय चर्चामा रहेको सम्पत्ति हस्तान्तरणमा लाग्ने करको विषयमा भने उनले छलफलपछि मात्र कस्तो खाले कर लगाउने निर्णय हुने बताए ।
‘यो विषय प्रारम्भिक छलफलको विषयमा छ,अहिले नै कर लगाउने होइन,सुझावलाई लिएर अगाडि बढ्ने छौ’,उनले भने ।
अर्थमन्त्री खतिवडाले आफुले नै राजस्व छलीको घटनामा हुने जेल सजायलाई घटाउने प्रस्ताव गरेको भन्दै यसमा अर्थिक जरिवाना गराउने र जेल सजाय कम गरिएको उद्योगी व्यवसायीलाई बताएका थिए ।
SHARE YOUR THOUGHTS