चाडपर्वमा अवसरमा एमजीले ल्यायाे ‘शानदार दशैं’ अफर « Eglish Khabarhub

चाडपर्वमा अवसरमा एमजीले ल्यायाे ‘शानदार दशैं’ अफर



काठमाडौं । नेपालका लागि एमजी गाडीहरुको अधिकृत बिक्रेता पारामाउन्ट मोटर्स प्रालिले दशैंलाई लक्षित गरी ‘शानदार दशैं तिहार’को घोषणा गरेको छ ।

‘धुमधाम दशैं तिहार एमजी मा छ सानदार उपहार’ नारा सहित दशैं र तिहारको खुसीयालीको अवसरमा घोषणा गरिएको यस स्किममा ग्राहकहरुका लागि थुप्रै फाइदाहरु र अफरहरु रहेको कम्पनीको भनाइ छ ।

एमजी गाडीको खरिदमा ग्राहकहरुले २.५ लाखसम्मको नगद छुट, निशुल्क बीमा, १ वर्षसम्म फ्रि रोड ट्याक्स तथा फ्रि एक्सेसरीज पाउनेछन् ।

यस्ता मुख्य सुविधाहरु कम्पनीले आफ्ना ग्राहकको खुसीको लागि ल्याउने गरेको छ । यो चाडपर्वको सिजनमा एमजीको गाडीसँग खुसी साट्दै आफ्नो जीवनशैलीलाई उच्च बनाउनु होस् ।

साथै एमजी जेडएस इभीको पनि बुकिङ धमाधम भइरहेको छ र ग्राहकहरुलाई चाडैं यस गाडी उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

Publish on: