काठमाडौ । श्री एयरलाइन्सले नयाँ जहाज ल्याएको छ । बिहीबार एयरलाइन्सले क्यु ४०० जहाज ल्याएको हो ।
कम्पनीले क्यानेडियन कम्पनीको बम्बार्डियर क्यू सिरिजको दोस्रो विमान ल्याएको हो ।
योसँगै कम्पनीको जहाजको संख्या ६ पुगेको छ ।
८० सिट क्षमताका विमान कम्पनीसँग भएका अन्य सिरिजका जहाजको तुलनामा कम इन्धन खपत गर्ने कम्पनीले जानकारी दिएको छ ।
श्रीसँग ५० सीट क्षमताका सिआरजे २०० विमान २ वटा, ७० सीट क्षमताका सिआरजे ७०० विमान २ वटा र क्यू सिरिजको विमान २ वटा पुगेका छन् ।
SHARE YOUR THOUGHTS