काठमाडौं । ह्याकरको आक्रमणपछि अधिकांश बैंकका एटीएम चलेका छैनन् । चाइजिन ह्याकरले एटीएमको प्रयोग गरी विभिन्न बैंकबाछ ठूलो रकम निकालेपछि एटीएमको सर्भर नै डाउन गरिएको छ ।
‘भिजाकार्डबाट रकम ह्याक गरेको देखियो, ह्याकरहरु चाइनिज छन्,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘त्यसैले थप चोरी हुन नदिन एटीएमको सर्भर डाउन गरेर अनुसन्धान गरिरहेका छौं ।’
यसरी एटीएम ह्याक गरेर रकम निकालेपछि बैंकहरुले गरेको उजुरीका आधारमा प्रहरीले ५ जना चिनियाँ नागरिकलाई शनिबार साँझ पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्