काठमाडौं । के तपाई कुनै समयमा सिंहदरबारभित्र प्रवेश गर्दा विभिन्न मन्त्रालयको पार्किङमा थोत्रा गाडी देखि रहनु भएको छ । र, त्यो गाडीलाई पुनःप्रयोग गरेर सरकारले यस्ता निकाय सफा राखोस भन्ने चाहनुहुन्छ ?
तपाईले त्यस्तो सोच्नु भएको छ । र, आफ्नो सोचाई व्यवहारमा परिणत होस् भन्ने लागेको छ भने त्यो पुरा हुनको लागि सरकारको अलिकति इच्छाशक्ति भएपुग्छ । किनभने नेपालमा पनि कवाडीमा रहेका गाडीलाई नयाँ बनाउने जनशक्तिको कमी छैन ।
अहिले नेपालमा केही इन्जिनियरहरुले यस्तो पुराना र थोत्रा गाडीलाई नयाँ बनाउने सक्ने भएका छन् । इन्जिनियर कमलेश कुमार भन्छन्, ‘पुराना गाडी हुने हो भने त्यो १० लाख भन्दा कम मूल्यमा नै नयाँ बनाउन सकिन्छ ।’
नाडा अटो शोमा उनीहरुको २५ जनाको समूहले लामो अध्ययनपछि बनाएको गाडी राखेका छन् । ६० हजारमा त्यो गाडी किनेर नयाँ बनाएको सुनाए । उनी भन्छन्, ‘नेपालमा सरकारी निकायमा भएका पुराना र थोत्रा गाडीलाई हामी नयाँ बनाएर चलाउन सक्छौं ।’
त्यसो गर्न सकेको खण्डमा सरकारी निकायमा भएका गाडीहरुको सदुपयोग हुने उनको तर्क छ । आफूहरुले उक्त गाडी कवाडीमा ल्याउने त्यो गाडीमा भएको सबै इन्जिन हटाएर पुरै विद्युतिय बनाउने बताए । अहिले बजारमा पाउने गाडीभन्दा यो गाडी ४ गुणासम्म सस्तो पाउन सकिने उनको दाबी छ ।
यो गाडीको च्याचिस नम्बर परिवर्तन गर्न नमिले पनि इन्जिनको ठाँउमा मोटर नम्बर राख्ने हो । विद्युतीयबाट इलेक्ट्रिकमा जाने हो । यो गाडीमा ग्राहकको चाहना अनुसार आवश्यक, फिचर थप्ने सकिने उनको भनाई छ ।
यसको लागि सरकारको नीति बन्ने क्रममा रहेको र नीति आएपनि कवाडमा रहेका गाडीलाई नयाँ जस्तै बनाएर चलाउन सकिने उनको भनाई भनाई छ ।
SHARE YOUR THOUGHTS