सेयर बजारमा दोहोरो अंकको गिरावाट, कारोबार रकम निरासाजनक « Eglish Khabarhub

सेयर बजारमा दोहोरो अंकको गिरावाट, कारोबार रकम निरासाजनक



काठमाडौं । साताको पहिलो दिन आइतबार देखि नै सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

सेयर कारोबार मापन गर्ने सूचक ११.६३ अंकले घटेर ११८४.७८ बिन्दुमा रोकिएको छ । १६९ कम्पनीको ११ लाख ४ हजार ३९५ कित्ता सेयर २९ करोड ७३ लाख ९८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेसँगै कारोबार रकमा पनि सुधार आउन सकेको छैन ।

आइतबार ११ समूहको कारोबारमा बैंकिङ समूहको उपसूचक ७.१४ अंकले घटेको छ । यस्तै होटल ३५.९६, जलविद्युत कम्पनी१९.७३, निर्जीबन बीमा कम्पनी ८०.०७, उत्पादन तथा प्रशोधन ४०.४६, जीवन बीमा कम्पनीको उपसूचक १४३.४९ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा नेपाल लाइफ इस्योरेन्स अग्रस्थानमा रहेको छ । इन्स्योरेन्सको १ करोड ९७ लाख, शिवम् सिमेन्ट र प्रभु बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

Publish on: