काठमाडौं । राजधानीमा जारी १४ औं नाडा अटो शो सम्पन्न भएको छ ।
अटो मोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा राजधानीमा ६ दिनसम्म चलेको मेला अवधिभर ८१ हजारभन्दा बढीले अवलोकन गरेको नाडाका अध्यक्ष शम्भु दाहालले जानकारी दिए ।
मेलाको पहिलो दिन १० हजार, दोस्रो दिन १३ हजार, तेस्रो दिन १४ हजार ८०० ले अवलोकन गरेका थिए । त्यस्तै, चौथो दिन १५ हजार ५००, पाँचौ दिन २० हजार र अन्तिम दिन ८ हजारले अवलोकन गरेका थिए ।
मेलामा ९५ कम्पनीका १६० वटा स्टल थिए ।
मेलामा अवलोकनकर्तामध्येबाट टिकट नम्बर ०१२३३१ ले गोलाप्रथामार्फत जीपीएक्स जेन्टलम्यान ब्राण्डको बाइक जितेका छन् ।
मेलामा चार पांग्रे सवारीको उत्कृष्ट स्टलको अवार्ड टायोटाले, २ पांग्रेको हंसराज हुलासचन्द केटीएम बाइकले र सपोर्टिङ स्टलको अवार्ड लक्ष्मी लि आयल टोटलले पायो ।
SHARE YOUR THOUGHTS