पञ्चकन्याले मनायो ४७ औं वार्षिकोत्सव « Eglish Khabarhub

पञ्चकन्याले मनायो ४७ औं वार्षिकोत्सव



काठमाडौं । पञ्चकन्या ग्रुपले आफ्नो ४७ औं वार्षिकोत्सव तथा ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको ८९ औं जन्मोत्सव भव्य कार्यक्रम गरी मनाएको छ ।

उक्त कार्यक्रममा वर्षभरीमा बढी बिक्री गर्न सफल स्टील, प्लाष्टिक र प्रोफाइल, एसएसवाट र ट्यांक, एलजीएस, रेडिमिक्सकंक्रिट, बिटुमिन तथा हेभि इक्विपमेन्टका डिलरलाई पुरस्कार, प्रशंसा-पत्र तथा उपहारबाट सम्मानित गरिएको थियो ।

त्यसैगरी राम्रो कार्य गर्ने कर्मचारीलाई प्रसंशा-पत्र, पुरस्कार र प्रमाण-पत्रबाट सम्मानित गरियो ।

साथै इम्प्लोइ अफ द इयर श्री विशाल सुराना, मोष्ट प्रोमिसिङ तर्फ विलियमश्रेष्ठ हुन सफल भएका छन् । वर्ष भरीमा बढी बिक्री गर्न सफल डिलर अफ द इयर क्रमशः स्टिलतर्फ प्रथम न्यू बज्रयोगिनी ट्रेडर्स, काठमाण्डौ, दोस्रोतर्फ वेवी इन्टरप्राइजेज, जनकपुर तथा तेश्रो जय माई दिआइरन, जनकपुर भएको थियो ।

त्यसैगरी प्लाष्टिकतर्फ प्रथमतर्फ मयुर फ्याक्टस, काठमाडौ, दोस्रो किसान टेडिङ, बुटवल तथा तेश्रो स्थानमा श्री ज्योति ट्रेडलिंक, काठमाडौ त्यस्तै एसएसतर्फ प्रथम किसान ट्रेडिङ, बुटवल, दोस्रोतर्फ मयुर फ्याक्टस तथा तेश्रो तर्फ प्रशन्न ट्रेडलिंक, बुटवल भएका छन् ।

Publish on: