सेयर बजारमा गिरावट जारी, लगानीकर्तालाई मार्जिन कलको त्रास « Eglish Khabarhub

सेयर बजारमा गिरावट जारी, लगानीकर्तालाई मार्जिन कलको त्रास



काठमाडौं । सेयर बजारमा निरन्तर गिरावट भएको छ । आइतबार दोहोरो अंकले घटेको सेयर बजारमा सोमबार पनि दोहोरो अंकको गिरावट देखिएको छ ।

सोमबार नेप्से मापन गर्ने सूचक १४.४५ अंकले घटेर ११७०.३४ अंकमा रोकिएको छ । १७१ कम्पनीको १३ लाख ८० हजार ६६० कित्ता सेयर ४० करोड ७५ लाख ६९ हजार ७१२ रुपैयाँको सेयर किनबेच भएको छ । ११ समूहको कारोबारमा बैंकिङ समूहको उपसूचक १२.५९ अंकले घटेको छ भने जलविद्युत कम्पनी १४.७४, निर्जीबन बीमा कम्पनी ७१.२७, जीवन बीमा समूहको उपसूचक ९५.६८ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । नेपाल बैंकको सेयर २ करोड ५६ लाख ६५ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र यूनाईटेड फाइनान्स क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

कारोबारमा दिव्यश्वरी हाईड्रोपावर, सबैको लघुवित्त वित्तीय संस्था, आँधिखोला लघुवित्त वित्तीय संस्था, वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन भने ग्रामिण विकास लघुवित्त वित्तीय संस्था,सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, यूनाईटेड फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । बजारमा आएको निरन्तर गिरावटसँगै लगानीकर्तालाई यतिबेला मार्जिन कलले समस्या पार्न थालेको बताउन थालिएको छ ।

Publish on: